• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

गाडी दुर्घटनामा २ जनाको मृत्यु, मन्त्रीसहित ३ जनालाई हेलिकप्टरमा नेपालगञ्ज लगियो


धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए ।

‘दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जानकारी आएको छ,’ चौधरीले भने ।सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको उनले बताए ।मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार