• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

दरबारीया सचिवहरूको कारण मुलुकबाट राजसंस्था गएको हो : राकेश कुमार शर्मा


मुलुकबाट दरबारीया सचिवहरूको कारण राजसंस्था गएको हो ।सचिवहरूको घेराबन्दीमा राजा ज्ञानेन्द्र शाह परिवारहरु छन । मुलुकको शक्ति नै सेनाहरु हो।सेना हरु
बाट अनुसन्धान हुन आवश्यक छ ।मुलुकबाट राजसंस्था जानुमा सचिवहरू नै दोषी र जिम्मेवारहरु छन । यसकारण दरबारीया सचिवहरूको कारण राजसंस्था गएको हो । मुलुकमा राजा

ज्ञानेन्द्र शाह परिवारहरुको इच्छाले केही पनि कार्य हुँदैन दरबारीया सचिवहरूले जे चाहन्छन त्यही हुन्छ । राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा लिए पछि राजा ज्ञानेन्द्र शाहलाई असफल गराउनका लागि नै मन्त्री परिषदको अध्यक्ष बनाइएको थियोे । काँग्रेस, एमाले र माओवादी लगायतका राजनीतिक दलहरूको कारणले राजसंस्था गएको होईन । सचिवहरूको प्रजातन्त्रबादी र गणतन्त्रबादीहरु संगको दोहोरो तालमेल र साँठगाँठको भुमिकाले राजसंस्था गएको हो । दरबारीयाहरुले नै श्री ५ ज्ञानेन्द्र शाहलाई सत्ता बाट हटाउने खेल भयो भन्ने कुराहरू स्पष्ट छ ।राजा ज्ञानेन्द्र शाहका सचिवहरू सागर प्रसाद तिमिल्सिना, पशुपति भक्त महर्जन, फणिन्द्र पाठक र युवराज्ञी हिमानी शाहको सचिव स्मिता सिंहले राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहलाई गुमराह र अन्धकारमा पारी छल गरि धोका दिई रहेका छन ।कहिले बेलायत मोडलको राजसंस्था र कहिले भुटान मोडलको राजसंस्थाको नाममा सचिवहरूले राजा ज्ञानेन्द्र शाह परिवारहरुलाई अल्मलाई रहेका छन र राजावादी दलका नेताहरू समेतलाई अल्मलाउने कार्यहरू गरिरहेका छन ।

राजा ज्ञानेन्द्र शाहको जन्मोत्सव, बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको जन्मोत्सव, युवराजधिराज पारस शाहको जन्मोत्सव, युवराज्ञी हिमानी शाहको जन्मोत्सव, दशैंको टीकामा र राजपरिवारहरुका सदस्यहरुलाई भेट गर्ने क्रमहरुमा प्रायःजसो आम नागरिकहरुको गुनासो सचिवहरु प्रति नै रहेको देखिएको छ । राजा ज्ञानेन्द्र शाह परिवारहरुले अवसरवादी सचिवहरूलाई निष्कासन गर्न सक्दैनन किन ? सचिवहरू बाट आम नागरिकहरुले चढाएको बिन्तिपत्रहरु राजपरिवारका सदस्यहरु सम्म पुग्न पाउँदैन किन ? सचिवहरूले आम नागरिकहरुले इमेल मार्फत पठाएको बिन्तिपत्र राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाह समक्ष पुग्न नदिनुको कारण रहस्य के ? यसकारण सचिवहरूको घेराबन्दीमा राजा ज्ञानेन्द्र शाह परिवारहरु छन ।

अब सेनाहरु, Intelligence Bureau अर्थात गुप्तचरहरु बाट पत्ता लगाउनुपर्ने हुन्छ हाम्रो मुलुककाहरुले नसक्ने भए अन्तर्राष्ट्रिय मुलुकबाट Intelligence Bureau र गुप्तचरहरु मगाएर पनि अनुसन्धान हुन आवश्यक छ । अब अमेरिका, चाइना, रसिया, उत्तर कोरिया र भारत लगायत मुलुकहरूले गुप्तचरहरु खटाई निर्मल निवासका सचिवहरूको चलखेलहरु बारे तत्काल अनुसन्धानको थालनी गर्नुपर्ने आवश्यक छ ।आजको युग २१ औं शताब्दीको युग हो । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्र्म्प, जो बिडेन, अष्ट्रेलियाको प्रधानमन्त्री, भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र चीनको राष्ट्रपति सी जीनपिंगलाई सजिलोसँग भेट गर्न सकिन्छ अन्तर्राष्ट्रिय मुलुकका यस्ता राम्रा राम्रा उदाहरण र नजीरहरु थुप्रै छन ।

राजा ज्ञानेन्द्र शाह, कोमल शाह, पारस शाह र हिमानी शाहलाई भेट गर्न खोज्नेहरुले भेट नपाउनुको कारण के ? के राजा ज्ञानेन्द्र शाह परिवारलाई जनताहरुको आवश्यकता खाँचो छैन र ? जनताहरु नै जनार्दन भएकोले मुलुकमा जनताहरुले चाहेनन भने राजा ज्ञानेन्द्र शाह परिवारहरु राजसंस्थाको रूपमा स्थापित हुन कसरी सक्छन ?

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार